श्रावण १२, २०८३ मंगलबार July 28, 2026

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

पार्टी कार्यालय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विधान संशोधनमाथि चर्को बहस चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे सुरु हुने छ । बैठक हिजो पनि बसेको थियो ।

हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । आज अन्य नेताहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार