श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा

नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैं स्मरणीय रहने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेस निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

क्यान्सरबाट पीडित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएपछि हङकङमा रहेका देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु,’ देउवाले लेखेका छन्, ‘उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैं स्मरणीय रहने देउवाले उल्लेख गरेका छन् । देउवा हाल उपचारका सिलसिलामा हङकङमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार