कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

घटनमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ साउन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्र्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेसा गर्न गृह मन्त्रालयले समिति गठन गरेको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा घटनमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ । कार्यालयले नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खल्बल्याउने कार्य नगर्न सबैमा अपिल गरेको छ । यस स्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिनक तथा धार्मिक सद्भाव कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया