कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

एमाले अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

“म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना ! न्हु दँया भिन्तुना !”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गर्नुभएको छ ।

“आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ, गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ”, अध्यक्ष ओलीले भन्नुभएको छ, “म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना ! न्हु दँया भिन्तुना !”

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया