कार्तिक २२, २०८३ आइतबार November 8, 2026

‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने

छठमा जनकपुर पुग्दै रवि, गंगासागरमा राष्ट्रिय एकताको सन्देश दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्त्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गर्नुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिनुहुँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गर्नुभएको छ ।

“उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् ।”, सभापति लामिछानेको सन्देशमा उल्लेख छ ।

यसै सन्दर्भमा, रास्वपा सभापति लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको ‘छठ’ पर्व मनाउन आफूहरू जनकपुरधामको गङ्गा सागरमा उपस्थित हुने जानकारी पनि दिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने
२०८३ कार्तिक २२, आइतबार