कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, २० कात्तिकः नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सङ्घीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको सहमहामन्त्री स्नेहीले बताउनुभयो । प्रभावित बस्तीको स्थलगत अवलोकन र अन्तरक्रियापछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने थप कदम तय गरिने उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

त्यस्तै, प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहकार्य, सहयोग र सहजीकरणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको आग्रह
२०८३ कार्तिक २०, शुक्रबार
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी लिन १२४७ आकस्मिक नम्बर
२०८३ कार्तिक २०, शुक्रबार
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
२०८३ कार्तिक २०, शुक्रबार
‘दलहरूबीच एकता र सहकार्य आवश्यक’ – महासचिव पोखरेल
२०८३ कार्तिक २०, शुक्रबार