कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी लिन १२४७ आकस्मिक नम्बर

बढ्दै गएको साइबर ठगी तथा डिजिटल माध्यमबाट हुने आर्थिक अपराध नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । साइबर ठगी नियन्त्रण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ।

शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो।

नेपाल सरकारको २०८३ असोज २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना गरिएको केन्द्रले पछिल्लो समय बढ्दै गएको साइबर ठगी तथा डिजिटल माध्यमबाट हुने आर्थिक अपराध नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्नेछ।

केन्द्रमा नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, विद्युतीय भुक्तानी सेवा प्रदायक, दूरसञ्चार कम्पनी तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिले एउटै स्थानबाट एकीकृत रूपमा काम गर्ने व्यवस्था गरिएको छ।

साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना तत्काल प्राप्त गरी आवश्यक कारबाही अघि बढाउन केन्द्रले २४ सै घण्टा सम्पर्कको व्यवस्था गरेको छ। त्यसका लागि सम्पर्क अधिकृत तोकिएको छ भने आकस्मिक सम्पर्कका लागि १२४७ नम्बर समेत व्यवस्था गरिएको छ।

केन्द्र सञ्चालनमा आएसँगै साइबर ठगीका घटनामा सम्बन्धित निकायबीच सूचना आदानप्रदान, समन्वय तथा तत्काल प्रतिकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

साइबर ठगीबाट नागरिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्दै डिजिटल वित्तीय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउने केन्द्रको मुख्य लक्ष्य रहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैनौँ : सीके राउत
२०८३ कार्तिक २०, शुक्रबार
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको आग्रह
२०८३ कार्तिक २०, शुक्रबार
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी लिन १२४७ आकस्मिक नम्बर
२०८३ कार्तिक २०, शुक्रबार
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
२०८३ कार्तिक २०, शुक्रबार