कार्तिक १८, २०८३ बुधबार November 4, 2026

आफू अनुकूलको काम गराउन आईजीपी परिवर्तन गरिएको हुन सक्छ : ओली

आफूले अह्राएको काम गर्छन् भन्ने विश्वासका आधारमा नयाँ प्रहरी महानिरीक्षक बनाइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको काम गराउन प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरिएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नयाँ आईजीपी नियुक्तिप्रति टिप्पणी गरेका हुन् । आफूले अह्राएको काम गर्छन् भन्ने विश्वासका आधारमा नयाँ प्रहरी महानिरीक्षक बनाइएको हुन सक्ने उनको भनाइ थियो ।

ओलीले नयाँ आईजीपी नियुक्तिको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै आफू अनुकूलको काम गराउन नेतृत्व परिवर्तन गरिएको हुन सक्ने आशय व्यक्त गरेका हुन् ।

यसैबीच, अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको पनि जानकारी दिएका छन् । उनले थापासँग भएको भेटवार्तामा राजनीतिक र समसामयिक विषयमा छलफल भएको बताएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया