कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

लमजुङको खुदीमा धार्मिक तथा सांस्कृतिक मेलाको तयारी, मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने

हरिबोधिनी एकादशी मेलामा खेलकुददेखि निःशुल्क मिर्गौला परीक्षण शिविरसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, कात्तिक १८ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठुली एकादशी मेलाको तयारी तीव्र पारिएको छ । आगामी मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, धार्मिक गतिविधि तथा कृषि प्रदर्शनी आयोजना गरिने भएको छ ।

“विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान” मूल नारासाथ आयोजना हुन लागेको मेलाको खुदी युथ क्लबले संयोजन गर्न लागेको हो ।

मेलाको पहिलो दिन मंसिर ४ गते फूलको डोली (तोरन) तार्ने, भजनकीर्तन, एकादशी सांस्कृतिक साँझ तथा उदघाटन समारोह आयोजना गरिने खुदी युथले जनाएको छ । सांस्कृतिक साँझमा राष्ट्रिय कलाकार अर्जुन सापकोटासहित स्थानीय कलाकार प्रशान्त तामाङ लगायतको प्रस्तुति रहनेछ ।

मेलाका अवसरमा खुला छेलो, वडास्तरीय क्लब पुरुष भलिबल, खुला पुरुष फुटबल तथा महिला कुर्सी दौड प्रतियोगिता सञ्चालन हुनेछन् । खुला पुरुष फुटबल प्रतियोगितामा विजेता टोलीले एक लाख रुपियाँ र उपविजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फुटबलतर्फ सर्वोत्कृष्ट खेलाडीलाई दुई हजार पाँचसय तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही दुई हजार रुपियाँ प्रदान गरिने आयोजक खुदी युथका अध्यक्ष विशाल रावलले जानकारी दिनुभयो ।

त्यस्तै, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार र द्वितीय हुने टोलीले २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक हजार पाँचसय तथा उत्कृष्ट सेटर र स्पाइकरलाई जनही एक हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

खुला छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । सबै प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

मेलाअन्तर्गत मंसिर ५ गते खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरिनेछ । मेलामा कृषि प्रदर्शनी तथा खरिदबिक्री कार्यक्रम पनि राखिएको छ । मेलाबाट बचत भएको रकम तथा क्लबको आर्थिक स्रोतलाई सामाजिक हित, स्थानीय संस्कृति संरक्षण र सिर्जनात्मक कार्यक्रमको विकासमा उपयोग गरिने क्लबले जनाएको छ ।

मेलालाई मर्स्याङ्दी गाउँपालिकाले मुख्य प्रायोजन तथा वडा नं. ३ ले सहप्रायोजन गरेको छ । मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्धनसँगै धार्मिक परम्पराको संरक्षण, पर्यटन विकास तथा स्थानीय समुदायबिच आपसी सद्भाव अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार