कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

एनपिएलको जारी प्रतियोगितामा लुम्बिनीको अपराजित यात्रा कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। जनकपुरका कप्तान हरमित सिंहले २० बलमा ३३ रन बनाए भने आदित्य महताले अविजित ३० रन जोडे। सैफ हसनले २८ तथा त्रितराज दासले १८ रन बनाए।

लुम्बिनीका बलर डार्सी शर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्लले पनि २ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५ तथा आसिफ शेखले २१ रनको योगदान दिए।

यो जितसँगै लुम्बिनी चार खेलबाट सात अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। लुम्बिनीले तीन खेल जितेको छ भने चितवन राइनोजविरुद्धको एक खेल वर्षाका कारण रद्द भएको थियो। जनकपुर भने पाँच खेलबाट चार अंकसहित चौथो स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार