कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

एनपिएल क्रिकेटः जनकपुरले टस जित्यो

आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ । यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ३ खेलबाट ५ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ ।

साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्र्जसलाई ८ विकेटले हराएको थियो ।

यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ । चार खेलबाट २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको जनकपुरले ४ अङ्क जोडेको छ । जनकपुर अङ्क तालिकाको चौथो स्थानमा छ ।

काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
२०८३ कार्तिक १९, बिहिबार
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
२०८३ कार्तिक १९, बिहिबार
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
२०८३ कार्तिक १९, बिहिबार
मन्त्री साह र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
एनपिएल क्रिकेटः जनकपुरले टस जित्यो
२०८३ कार्तिक १९, बिहिबार
भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत
२०८३ कार्तिक १९, बिहिबार
‘कांग्रेसलाई राणाशासनले तर्साउन सकेन, अहिलेको सरकारले पनि सक्दैन’ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)
२०८३ कार्तिक १९, बिहिबार