कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो

पोखराको इनिङ्सलाई ध्वस्त पार्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ र तिलक भण्डारीले २ विकेट काफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। यस जितसँगै तीन खेलबाट ५ अंक जोड्दै लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ भने पोखरा लगातार तेस्रो हार व्यहोर्दै तालिकाको पुछारमा सीमित बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै मात्र २ विकेट गुमाएर सहजै भेटायो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको उत्कृष्ट योगदान दिए। पोखराका तर्फबाट विपिन खत्रीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सकेको थियो।

पोखराका लागि चमिका करूणारत्नेले २५ तथा कप्तान कुशल भुर्तेलले १४ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पोखराको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ र तिलक भण्डारीले २ विकेट लिएका थिए।

यसैबीच, आजै सम्पन्न रोमाञ्चक पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनको सुक्ष्म अन्तरले हराएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार
नेपालका लागी भारतका नवनियुक्त राजदूत दलेला काठमाडौंमा
२०८३ कार्तिक १७, मंगलबार
एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो
२०८३ कार्तिक १७, मंगलबार
शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस
२०८३ कार्तिक १७, मंगलबार
तारकेश्वरमा साझा बस सञ्चालन हुने, यस्तो छ सुन्धारादेखि बालाजु बाइपाससम्म प्रस्तावित रुट
२०८३ कार्तिक १७, मंगलबार