कार्तिक १५, २०८३ आइतबार November 1, 2026

एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने

विराटनगरको पहिलो जितपछि आज जनकपुर र पोखराबिच खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे खेल हुनेछ। यो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

जनकपुर बोल्ट्सको टोलीमा कप्तान हरमित सिंहसहित इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह छन्। त्यस्तै, ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि टोलीमा छन्।

यता पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीमा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षानजस्ता खेलाडी छन्। सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि टोलीमा छन्।

शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ।

वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो। यसअघि विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो।

यस्तै शनिबार नै चितवन राइनोज र लुम्बिनी लायन्सबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो। खेल रद्द भएपछि दुबै टोलीले समान १–१ अंक बाँडेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
२०८३ कार्तिक १५, आइतबार
आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १५, आइतबार
प्रेसमाथि आक्रमण : सत्ताको दम्भ – तीर्थराज भट्टराई
२०८३ कार्तिक १५, आइतबार
अनसन बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२०८३ कार्तिक १५, आइतबार
सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी
२०८३ कार्तिक १५, आइतबार
एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने
२०८३ कार्तिक १५, आइतबार
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
२०८३ कार्तिक १५, आइतबार