कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

एनपीएलमा कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगरमाथि रोमाञ्चक विजय

अन्तिम ओभरमा कर्णाली याक्सको बाजी, विराटनगर किङ्स स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि रोमान्चक जित हात पारेको छ।

एनपीएल: विराटनगर किङ्समाथि कर्णाली याक्सको रोमान्चक जितविराटनगर किङ्सले प्रस्तुत गरेको १८७ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अन्तिम ओभरमा जित हासिल गरेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले लोकेश बमको ५२ बलमा ९ छक्का र ३ चौकासहितको आक्रामक अर्धशतक (८०+ रन), एन्जेलो म्याथ्युजको ३१ रन तथा आन्द्रे रसेलको २७ रनको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १८६ रनको मजबुत योगफल खडा गरेको थियो। बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए।

विराटनगरले दिएको उच्च लक्ष्यलाई कर्णालीका ब्याटरहरूले सम्हालिएको र आक्रामक ब्याटिङमार्फत भेट्याउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ज गरेका छन्। यता पहिलो खेलमा चितवन राईनोजसँग पराजित भएको विराटनगर किङ्सले भने लगातार दोस्रो हार व्यहोर्नुपरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार