कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

एनपिएल क्रिकेटः उद्घाटन खेलमा सुदूरपश्चिममाथि लुम्बिनीको जित

मंगलबार मध्यान्न १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमने सामने हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन । त्यसैगरी आसिफ शेखले ३२ जोडे । निरोशन डिक्वेलाले ७ रन बनाए भने शमिम हुसेन एक तथा कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । सुदुरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाउँदा इसान पाण्डेले ७ रन बनाए ।

बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिए ।

आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो । उक्त प्रतियोगिताको खेल हेर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित उच्च अधिकारीको उपस्थिति थियो ।

भोलि दुई खेल हुनेछ । मध्यान्न १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमने सामने हुनेछन् भने अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोट्ल्सविच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
सातै प्रदेशमा मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने
२०८३ कार्तिक १०, मंगलबार