कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का

कोटथुम्कामा शान्तिका प्रतीक गौतम बुद्धको प्रतिमा र पार्क निर्माण गरिएपछि पर्यटकीय आकर्षण बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका१० मा अवस्थित कोटथुम्का (चण्डेनी-मण्डन) आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ।

समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइमा रहेको यो रमणीय क्षेत्र जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा पर्छ। मौसम खुलेको बेला यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै गणेश, जुगल, गौरीशंकर र लाम्टाङ लगायतका हिमशृङ्खलाहरूको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ।

हाल बुद्ध-थुम्काका रूपमा समेत परिचित कोटथुम्कामा शान्तिका प्रतीक गौतम बुद्धको प्रतिमा र पार्क निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपिएको छ।

विसं २०७२ को विनाशकारी भूकम्पपछि नजिकैको रामपुर भीमसेन थुम्कामा श्रीलंकन नागरिक भन्ते वीमालाले करिब चार करोड रुपैयाँको लगानीमा विश्व शान्तिको कामना गर्दै बुद्ध प्रतिमा तथा पूर्वाधार निर्माण गराएका हुन्। बौद्ध धर्मावलम्बीहरूले यस क्षेत्रलाई ‘समाधि बुद्ध माउण्टेन’का नामले चिन्ने गरेका छन् र प्रतिमा निर्माणयता यहाँ बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति हुन थालेको छ।

कोटथुम्का आसपास ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा र खर्कको पोखरीजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यहरू रहेका छन्। पर्यटकीय क्षेत्र दोलालघाट वा मण्डन क्षेत्रबाट ‘हाइकिङ’ वा सवारीसाधनमार्फत यहाँ पुग्न सकिन्छ।

यहाँबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमा भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृश्य देखिनुका साथै फागुन-चैत महिनामा वरपरका जङ्गल ढकमक्क लालीगुराँसले राम्य बन्ने गर्छन्।

स्थानीय शिक्षक शालिकराम श्रेष्ठ तथा सामाजिक कार्यकर्ता रामबहादुर तामाङका अनुसार कोटथुम्कालाई थप व्यवस्थित पर्यटकीय स्थल बनाउन स्थानीयका साथै सङ्घीय र प्रदेश सरकारले थप पूर्वाधार निर्माणमा पहल गर्नुपर्ने आवश्यकता छ।

काभ्रेका चण्डेनीमण्डन, महादेवस्थान, जैशीथोक र ज्याम्दी गाभिएर विसं २०७३ मा बनेको मण्डनदेउपुर नगरपालिकाको यो प्रमुख पर्यटकीय क्षेत्र नजिकै रहेको थानडाँडामा खानेपानी तथा बसोवासको समेत सुविधा उपलब्ध छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
मिनी संसदमा विधेयकको चाप
२०८३ कार्तिक १०, मंगलबार