कार्तिक ८, २०८३ आइतबार October 25, 2026

राष्ट्र बैंकद्धारा आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङसहितका प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा कायम भएको छ। स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा कायम भएको छ।

त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ।

खाडी मुलुकतर्फ साउदी अरबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा तोकिएको छ। साथै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया