काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य २ लाख ९० हजार १ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ५० रुपैयाँले घटेको थियो भने शुक्रबार प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया