कार्तिक १, २०८३ आइतबार October 18, 2026

चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १ कात्तिकः बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।

दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उहाँले जानकारी दिनुभयो । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।

गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उहाँले बताउनुभयो । १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उहाँले बताउनुभयो । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।

विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् । चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ । चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उहाँले जानकारी दिनुभयो । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।

कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उहाँको भनाइ छ । उहाँका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ । यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उहाँले बताउनुभयो । जसका कारण व्यापार वढ्ने आकलन छ । यस अघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेड्रो नेटोको दुई गोलमा चेल्सी विजयी, एभर्टन २–० ले पराजित
२०८३ कार्तिक १, आइतबार
आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा, तराईमा कुहिरोको सम्भावना
२०८३ कार्तिक १, आइतबार
चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
२०८३ कार्तिक १, आइतबार
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन उपहार कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै
२०८३ कार्तिक १, आइतबार
कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
२०८३ कार्तिक १, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक १, आइतबार