असोज २९, २०८३ बिहिबार October 15, 2026

विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३।९ प्रतिशतले बढेको हो।

भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको भदौमा यस्तो रकम १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, चालु आवको दुई महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया