असोज २८, २०८३ बुधबार October 14, 2026

सुन र चाँदीको मूल्यमा लगातार गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार ठूलो गिरावट आएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

यसअघि अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बुधबार चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत आइतबार यसको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र भन्सार महसुलका आधारमा महासंघले दैनिक रूपमा तय गर्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य घटबढ भएको हो।

महासंघले निर्धारण गर्ने यो मूल्य आधारभूत दर मात्र भएकाले सर्वसाधारणले गहना खरिद गर्दा कालिगड ज्याला, जर्ती र मूल्य अभिवृद्धि करसमेत थप भई उपभोक्ता मूल्य केही बढी पर्न जान्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार