असोज २९, २०८३ बिहिबार October 15, 2026

आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक

केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ८० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया
२०८३ असोज २९, बिहिबार
नेपाली कांग्रेस १५औँ महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना अपडेट
२०८३ असोज २९, बिहिबार
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार