असोज २८, २०८३ बुधबार October 14, 2026

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात

कोषका विभिन्न खाताहरूमा हालसम्म कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विपद् व्यवस्थापन र पीडितको राहतका लागि स्थापना गरिएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार कोषका विभिन्न खाताहरूमा हालसम्म कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात पुगेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष अन्तर्गत देशभित्रका नौवटा वाणिज्य बैंकहरूमा रहेका नेपाली रुपैयाँ खाताहरूमा मात्रै १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ जम्मा भएको छ।

यसका साथै विदेशी मुद्रा खाता सञ्चालन गरिएका हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खाताहरूमा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर मौज्दात रहेको छ।

बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रहरूमा उद्धार, पुनस्थापन र राहत सामग्री वितरण कार्यलाई थप प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका संघसंस्था, उद्योगी-व्यवसायी एवं सर्वसाधारण नागरिकहरूबाट आर्थिक सहायता प्राप्त भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार