असोज २८, २०८३ बुधबार October 14, 2026

अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो

सबै बालबालिका, महिला, ज्येष्ठ नागरिकका सवालमा प्रादेशिक नीति ल्याउने तयारीमा प्रदेश सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, २८ असोजः कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय शिक्षामा तह बढ्दै जाँदा उनीहरू हराउँदै जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

युवा सङ्घ नेपालद्वारा मङ्गलबार वीरेन्द्रनगमा आयोजित ‘अपाङ्गता भएका बालबालिकाहरूको बाल अधिकारसम्बन्धी प्रदेशस्तरीय नीति संवाद कार्यक्रम’ मा सङ्घका सल्लाहकार कलाधर भण्डारीले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । तथ्याङ्क प्रस्तुत गर्दै सल्लाहकार भण्डारीले भन्नुभयो, “अपाङ्गता भएका बालबालिकाको विद्यालय भर्नादर कम छ र शिक्षाको तह बढ्दै जाँदा बिस्तारै हराउँदै जान्छन् ।”

पहुँचयुक्त माध्यमिक शिक्षा नजिक नहुँदा बालबालिकाले कक्षा ८ मा पढाइ छोड्ने गरेको र त्यसमा पहिचान÷परीक्षण, निरन्तर मूल्याङ्कन, वैयक्तिक शिक्षा योजना, उचित समायोजन र ‘फ्लोअप’ सहयोगमा रुपान्तरण नहुने गरेको उहाँको भनाइ थियो ।

सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्काले कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकारको अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले मूलतः शिक्षा, स्वास्थ्य तथा पुनःस्थापना, संरक्षण, सामाजिक सुरक्षा, पहुँचयोग्यता र सहभागिताका विषयमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले अपाङ्गता संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै प्रदेश सरकारले सबै बालबालिका, महिला, ज्येष्ठ नागरिकका सवालमा प्रादेशिक नीति ल्याउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग मौजुदा नीति छन्, त्यसको हामी सुधार गर्दैछौँ ।” खासगरी अपाङ्गता भएका बालबालिकाहरूका लागि शिक्षा र संरचना दुवैमा पहुँच हुने नीति र त्यसमार्फत ऐन, नियम र कार्यविधि बनाइने मन्त्री मल्लले बताउनुभयो ।

प्रदेशसभा सदस्यहरू क्रमशः दुर्गबहादुर रावत, घनश्याम भण्डारी, बलिमाया बुढा र सन्तोषी शाहीले अपाङ्गता भएका बालबालिकाको बाल अधिकार सुनिश्चित गर्न सदनमार्फत आवश्यक नीति ल्याउन पहल गरिने बताउनुभयो । सो कार्यक्रममा कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त शिक्षा र संरचना दुवै नभएकाले यसमा प्रदेश तथा स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार आफ्नो क्षेत्राधिकारभित्र रहेर नीति, योजना, कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार