असोज २७, २०८३ मंगलबार October 13, 2026

विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर, २६ असोजः हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो ।

वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ ।

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला अवस्थामा रहेका विद्यालय परिसरमा पशुचौपाया प्रवेश गर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने तथा विद्यालयका भौतिक सामग्री संरक्षणमा समस्या हुने गरेको गुनासो आएपछि घेराबारा निर्माणलाई प्राथमिकतामा राखिएको हो ।

“विद्यालय सुरक्षित र व्यवस्थित भए मात्र विद्यार्थीका लागि प्रभावकारी सिकाइ वातावरण बन्न सक्छ,” वडाध्यक्ष विष्टले भन्नुभयो, “त्यसैले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण गरेका हौँ ।”

घेराबारा निर्माणसँगै विद्यालय परिसर व्यवस्थित र सुरक्षित बनेको स्थानीय अभिभावक तथा शिक्षकको भनाइ छ । विद्यालय क्षेत्रभित्र अनावश्यक आवतजावत नियन्त्रण हुनाका साथै पशुचौपायाबाट हुने क्षति रोक्न पनि सहयोग पुगेको स्थानीयवासी गङ्गाबहादुर खड्काले बताउनुभयो । विद्यालय परिसर व्यवस्थित भएपछि विद्यार्थीको नियमित उपस्थितिमा सहजता भएको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक तथा भौतिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

अध्यक्ष राईले विद्यालयको भौतिक अवस्था सुधारसँगै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो । स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार
जयन्ती मावि आवासीयमा रुपान्तरण
२०८३ असोज २७, मंगलबार
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के-के हुँदैछन् नयाँ काम ?
२०८३ असोज २७, मंगलबार
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
२०८३ असोज २७, मंगलबार