असोज १९, २०८३ सोमबार October 5, 2026

शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान

सरकारले आफूहरूले राखेका मागबारे छलफल गर्न वार्तामा बोलाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। शिक्षा पत्रकार समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा साेमबार शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा गत भदौ १० गतेको भोटेकोशी बाढीका क्रममा विद्यार्थीलाई सुरक्षित राख्न सफल नुवाकोटको त्रिशूली त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्मा, नवप्रवर्तनात्मक कार्यका लागि रानीवारी माध्यमिक विद्यालयकी विद्यार्थी बेबिसा मगराती तथा संस्थागततर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको हो । संस्थापक शर्मालाई दिइएको शिक्षा पत्रकारिता पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ती सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। यसैगरी शिक्षासेवी सम्मान जिलेशन साहलाई प्रदान गरियो । कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले शैक्षिक रूपान्तरण र सुधारका लागि सरकार तथा सरोकारवालाबीच निरन्तर संवादको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रका समस्या, नीति तथा सुधारका विषयलाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउन शिक्षा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुन्दर पन्तले सरकारले आफूहरूले राखेका मागबारे छलफल गर्न वार्तामा बोलाउन माग गरे। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) का अध्यक्ष लवराज ओलीले शैक्षिक रूपान्तरणका लागि शिक्षा पत्रकारको सहकार्य आवश्यक रहेको बताए।

प्याब्सनका उपाध्यक्ष दीपिका थापा रिमालले निजी क्षेत्रमको भूमिका उल्लेखनीय रहेकोे विचार प्रकट गरे। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार