असोज १९, २०८३ सोमबार October 5, 2026

नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान

प्याब्सन नुवाकोटको पहलमा बाढीपीडित दुई विद्यालयलाई ६ लाख १९ हजार राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका नुवाकोटका विद्यालयको पुनःस्थापना तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले प्याब्सन नुवाकोटको आग्रहमा रु. ६ लाख १९ हजार राहत सहयोग प्रदान गर्नुभएको छ।

प्याब्सन नुवाकोटको समन्वयमा असोज १९ गते प्रदान गरिएको सहयोग रकममध्ये उत्तरगया पब्लिक बोर्डिङ स्कुललाई रु. ३ लाख १९ हजार र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई रु. ३ लाख नगद उपलब्ध गराइएको हो।

विपद्को कठिन परिस्थितिमा ‘अप्ठ्यारोमा परेकालाई सहयोग’ गर्ने मानवीय भावनासहित गरिएको सहयोगले बाढीबाट प्रभावित विद्यालयको पुनःउत्थान तथा शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि पनि प्याब्सनको राहत सहयोग खातामार्फत रु. १ लाख ३० हजार सहयोग गरिसक्नुभएको थियो। बाढीपीडित विद्यालय तथा विद्यार्थीका लागि निरन्तर सहयोग गर्दै आएकाे सहयाेगी मनप्रति प्याब्सन नुवाकोटले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

विपद्को समयमा गरिएको यो सहयोग आर्थिक सहायता मात्र नभई क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माण र शैक्षिक क्षेत्रलाई पुनःसञ्चालन गर्ने अभियानप्रतिको ऐक्यबद्धताको उदाहरण बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार