चितवन, ९ असोजः बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् । सात पालिकामा रहेका ४९७ विद्यालय बन्द गरिएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार यहाँ रहेका सबै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका हुन् । ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
निरन्तरको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया