मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ असोजः आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ ।

औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ ।

दिवसको अवसरमा औषधि व्यवस्था विभागले शुभकामना सन्देश व्यक्त गर्दै फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्छ ।” दिवसको अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पु¥याउन आह्वानसमेत गरेको छ ।

यसैगरी नेपाल फार्मेसी सङ्घका महासचिव सुवर्ण राज पन्तले फार्मेसी पेशाको मर्यादा, व्यवासायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहमा हुन सकेन ‘ओएनएम’
२०८३ मंग्सिर ६, आइतबार
स्तन क्यान्सरबारे सचेत रहन विज्ञको सुझाव, लक्षण देखिए परीक्षण गर्न आग्रह
२०८३ मंग्सिर ६, आइतबार
Sudurpaschim lifts maiden NPL trophy
२०८३ मंग्सिर ५, शनिबार
युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
एआई र प्रविधिको विकासलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्छ : वर्षमान पुन
२०८३ मंग्सिर ५, शनिबार