असोज ७, २०८३ बुधबार September 23, 2026

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्

ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। ८६ वर्षीय शर्मा केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनको आइसियूमा उपचार भइरहेको थियो।

उपकुलपति विवेक बरालले शर्माको निधन बारे जानकारी दिदै भनेका छन्- ‘काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा विश्वविद्यालय परिवारका हामी सबैका अभिभावक आदरणीय प्रा. डा. सुरेश राज शर्मा अब हामीमाझ रहनुभएन । नेपाली शिक्षा जगतका एक महान् नक्षत्र, दूरदर्शी शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका प्रेरणास्रोत आदरणीय सुरेश सरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको योगदान, मार्गदर्शन र शैक्षिक विरासत सदैव हाम्रो स्मृतिमा जीवित रहनेछ।’

सीटीईभीटी स्थापनाका भएसँगै पहिलो कार्यकारी निर्देशक बनेका शर्माले काठमाडौं विश्वविद्यालय स्थापनमा भूमिका खेल्दै पहिलो उपकुलपति बनेका थिए। सन् १९९१ देखि २०१२ सम्म उनी लगातार उपकुलपति रहेका शर्मा हाल पनि केयुको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चागोस सम्झौतामा ट्रम्पको असहमति
२०८३ असोज ७, बुधबार
Flydubai aircraft lands at Pokhara International Airport
२०८३ असोज ७, बुधबार
भारी वर्षा र हिमपातको जोखिमसँगै असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह
२०८३ असोज ७, बुधबार
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
२०८३ असोज ७, बुधबार
राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
२०८३ असोज ७, बुधबार
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्
२०८३ असोज ७, बुधबार
पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत
२०८३ असोज ७, बुधबार