कार्तिक २१, २०८३ शनिबार November 7, 2026

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

पूर्व मुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ ।

पूर्व अर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्व मुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गर्नुभएको हो ।

पूर्व सहसचिव समेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासङ्ग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अङ्ग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो ।

पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्व मुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उहाँका कृतिमा विविध विधा र अनुभव समेटिएको बताउनुभयो । ‘सपनाको उडान’ कथासङ्ग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उहाँको भनाइ थियो ।

वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताउनुभयो । अवकाशपछि आठ दशकको उमेरमा समेत साहित्य सिर्जनालाई निरन्तरता दिँदै १७ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको उहाँको भनाइ थियो ।

लेखक श्रेष्ठले ‘सपनाको उडान’ कथासङ्ग्रहमा समाजका विकृति र विसङ्गतिलाई विषयवस्तु बनाइएको जानकारी दिनुभयो । ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रामा सरकारी सेवामा रहँदा विभिन्न देशको भ्रमणका क्रममा प्राप्त अनुभव समेटिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र विवशले श्रेष्ठका कृतिमा माटोप्रतिको अगाध प्रेम अभिव्यक्त भएको बताउनुभयो भने साहित्यकार भागीरथी श्रेष्ठले उहाँको कथासङ्ग्रहमा सरल र मिठासपूर्ण भाषाशैली रहेको उल्लेख गर्नुभयो ।

प्राडा सविना श्रेष्ठले कोरोना महामारीको समयदेखि नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी मोतीशोभाका हालसम्म १७ कृति प्रकाशित भएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठका नेपाली भाषामा १०, नेपाल भाषामा चार र अङ्ग्रेजी भाषामा तीन कृति प्रकाशित छन् ।

प्राडा सिर्जना श्रेष्ठले साहित्य सिर्जनामा इमानदारिता आवश्यक हुने र त्यो गुण मोतीशोभाका कृतिमा पाइने बताउनुभयो । सो अवसरमा नेपाल भाषा फाउण्डेसनले लेखक श्रेष्ठलाई सम्मान गरेको थियो । फाउण्डेशनका अध्यक्ष मङ्गलमान शाक्यले उहाँलाई सम्मान गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार
लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य, वार्नरको अर्धशतक
२०८३ कार्तिक २१, शनिबार
‘राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भयो’ : संयोजक प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार