कार्तिक २१, २०८३ शनिबार November 7, 2026

एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी

हारका बाबजुद लुम्बिनी लायन्स शीर्ष स्थानमा कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो ।

blogउता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । आजको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ र रुबेन ट्रम्पेलम्यानले ११ रन बनाए ।

काठमाण्डुका लागि बलिङतर्फ जहान्दाद खानले ४, कप्तान करण केसीले २ तथा साहब आलम, सहान आराच्चिगे, सन्तोष यादव र राशिद खानले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।

उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले आज ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रनको पारी खेलेका हुन् ।

जारी एनपिएलमा वार्नरको यो पहिलो अर्धशतक हो । यस्तै, लुम्बिनीविरुद्ध साहिल पटेलले ३८ र सहान आराच्चिगेले अविजित ३४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन बनाउन सकेनन् ।

लुम्बिनी लायन्सका लागि बलिङतर्फ शेर मल्ल, अभिशेष गौतम र रुबेन ट्रम्पेलमानले २–२ विकेट लिए । आजको जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेल खेल्दा तीनमा जित र एक खेलमा पराजय व्यहोरेको छ ।

हारका बाबजुद शीर्ष स्थानमा कायमै रहेको लुम्बिनीले पाँच खेलमा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा अङ्क बाँडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार
लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य, वार्नरको अर्धशतक
२०८३ कार्तिक २१, शनिबार
‘राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भयो’ : संयोजक प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार