कार्तिक २१, २०८३ शनिबार November 7, 2026

‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा

गगनलाई देउवाको आरोप– ‘नियमित महाधिवेशन गरौँ भनेको थिएँ, मानिएन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन्।

नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए।

उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे।

उनले भने, ‘काठमाडौं जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा।’

देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए। उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे।

उनले भने, ‘यस बेला सभापति म थिएँ। मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ। मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ। सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस्। कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो।’

उनले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताए।

उनले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन। त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ। त्यसकारण जिल्ला अदालतमा मुद्दा हालेका थियौँ हामीले।’

देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषयसमेत सार्वजनिक रूपमा बोलेको दाबी गरे। साथै उनले पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी किन्न खोजिएको आरोप लगाए।

उनले भने, ‘इलाम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो। त्यो पैसा दिएर अब पार्टी किन्दियो। पैसामा पार्टी बेच्दिने अब हामीले?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार
‘राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भयो’ : संयोजक प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार
विश्वकप छनोट प्ले-अफमा नेपालको पहिलो भिडन्त इटालीसँग, यस्तो छ खेलतालिका
२०८३ कार्तिक २१, शनिबार
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
२०८३ कार्तिक २१, शनिबार
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको यस्तो तयारी
२०८३ कार्तिक २१, शनिबार