कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

सरकार लोकतान्त्रिक मूल्य-मान्यताभन्दा बाहिर जान खोज्यो : प्रचण्ड

सरकार लोकतान्त्रिक मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले हाल सरकारद्वारा कांग्रेस सभापति थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन्। उनले भने, “जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई पक्रन कसैले सक्दैन।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। सरकारका गतिविधिहरू संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मान्यताभन्दा बाहिरतर्फ उन्मुख हुनु देश र जनताका लागि समेत चिन्ताको विषय भएको उनको भनाइ थियो।

यसैगरी, प्रहरी महानिरीक्षक (आइजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएको विवादित विषय अदालतमा विचाराधीन रहेकाले त्यस सम्बन्धमा आफूले थप टिप्पणी नगर्ने प्रतिक्रिया संयोजक प्रचण्डले दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको आग्रह
२०८३ कार्तिक २०, शुक्रबार
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी लिन १२४७ आकस्मिक नम्बर
२०८३ कार्तिक २०, शुक्रबार
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
२०८३ कार्तिक २०, शुक्रबार
‘दलहरूबीच एकता र सहकार्य आवश्यक’ – महासचिव पोखरेल
२०८३ कार्तिक २०, शुक्रबार