भाद्र २१, २०८३ आइतबार September 6, 2026

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।

सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार मानिन्छ । सो  पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।

पुरस्कारका लागि अल्पसूचीमा परेका अन्य कृति र लेखकमा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), परिधि (उमा सुवेदी) महायुग (सीमा आभास) सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा नवराज केसी), हिउँद (नदीशा) रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ

जगदम्बाश्री गीतकार खरेललाई

छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ । उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरूको यो योगदानको उच्च कदर हुनेछ
२०८३ भाद्र २१, आइतबार
अनुशासन उल्लङ्घन र पार्टी परित्यागबाहेक सबैलाई १५औँ महाधिवेशनमा सहभागी गराउने कांग्रेसको निर्णय
२०८३ भाद्र २१, आइतबार
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने
२०८३ भाद्र २१, आइतबार