भाद्र २१, २०८३ आइतबार September 6, 2026

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता

विपदपछि जारी खोज, उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २१ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा भएकोे भोटेकोशी बाढीको विपदमा सहकार्य बढाउने समझदारी भएको छ । विपदको समयमा नेपालसँग ऐक्यवद्धता जनाउन  आउनु भएका परराष्ट्रमन्त्री  ह्युनसहितको कोरियाली प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो । मन्त्रालयका अनुसार उहाँहरुबीच विपदपछि जारी खोज, उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

उक्त द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धारका विषयमा गहन छलफल भएको छ । सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अन्तरनिकाय द्रूत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाउनुभएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले बाढीपीडित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय  तथा राहत सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो । विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने अवगत गराउनु भएको मन्त्रालयले प्रष्ट पारेको छ । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने इच्छा व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनका कारण नेपालजस्तो हिमाली मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री छो ह्युनल स्वीकार गर्नुैभयो । साथै, जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ,

उहाँले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप ३१) लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले समेत आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Shah’s message to security personnel, ‘Your dedication and contribution will be appreciated’
२०८३ भाद्र २१, आइतबार
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार