भाद्र २, २०८३ मंगलबार August 18, 2026

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण

देवकोटाबारे धेरै कुरा उजागर गरेर महाकाव्य आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालले महाकाव्यकार कलानिधि दाहालको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण गरेको छ।

अग्रज कवि हरिभक्त सिग्देलको सभाध्यक्षता तथा प्राडा महादेव अवस्थीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा डा. अर्जुनदेव भट्टले उपस्थितजनला शब्दमार्फत स्वागत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उक्त कृति प्राडा महादेव अवस्थी, प्राडा रामप्रसाद ज्ञवाली, डा.गोपी मैनाली, प्राडा देवी नेपाल, प्रा.पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरिभक्त सिग्देल,महाकाव्यकार कलानिधि दाहाल लगायतले लोकार्पण गरे।

कार्यक्रममा प्रमुख अतिथि अवस्थीले देवकोटाबारे धेरै कुरा उजागर गरेर महाकाव्य आएको बताए। उनले अझै देवकोटाका विभिन्न पाटा भने समेटिन बाँकी रहेको बताए।

उक्त कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै प्राडा नेपालले महाकाव्यमा चेतन प्रवाह भएको भन्दै देवकोटालाई साक्षी राखेर लेखेको जस्तो भान परेको बताए। उनले भने, “कवित्व मापन गर्ने यो कृति विशिष्ट। कृतिमा बिचबिचमा आउँछन् देवकोटा। मुनामदन, लुनी, शाकुन्तल, प्रमिथस जस्ता देवकोटाका कृतिहरूमा कवि छिर्नुभएको छ। दार्शनिक गहिराइले भरिएको छ कृति। अनुपुष्ट छन्द पनि स्वतन्त्र देखिएको कृतिले देवकोटाको पुर्नजन्म गराएको छ।”

प्राडा ज्ञवालीले जीवन चेतना,सौन्दर्य चेतना र कलाचेतनाको त्रिवेणीको रूपमा कृति आएको बताए। उनले भने,”अरूलाई जित्ने भोकबाट टाढा भएर कविले आफैंलाई जित्ने प्रयास गर्न खोज्नु राम्रो लागेको छ।”

महाकाव्यकार दाहालले रचना गर्भबारे  आफ्नो विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा डा. गोपी मैनाली, पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरि गौतम लगायतले आआफ्नो मन्तव्य राखे। उनीहरूले मन्तव्यको क्रममा कविसँगका सम्बन्धका विविध आयाम समेतको चर्चा गरे।

सुशिला धमला, कल्पना काफ्ले, सविता वराल, कल्पना दाहाल लगायतले कृतिका केही श्लोक वाचन गरेका थिए। ओरिएन्टल पब्लिकेशनले उक्त कृतिलाई प्रकाशनमा ल्याएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार