भाद्र २, २०८३ मंगलबार August 18, 2026

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार आठ हजारभन्दा बढी बालबालिका सुरक्षा जोखिम र शिक्षामा अवरोधको अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इन्डोनेसिया। पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि इन्डोनेसिया । हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् ।

सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता बर्टन सुआर पेलिता पञ्जाइतानका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको सङ्ख्या १२ हजार ८०० पुगेको छ । लगातार आएका परकम्पका कारण धेरै मानिस दोस्रो रात पनि घरबाहिरै बस्न बाध्य भएका छन् ।

भूकम्पको केन्द्रनजिकै रहेको नागेको क्षेत्रमा एएफपीले म्बे सहरका बासिन्दाले त्रिपाल र खम्बाको सहायताले अस्थायी टहरा बनाएर रात बिताइरहेको देखेको थियो । स्थानीय बासिन्दा जुनैदिनका अनुसार धेरै घर भत्किएका छन् भने बाँकी घरमा समेत चिरा परेकाले भित्र बस्न सक्ने अवस्था छैन ।

उहाँले पानी, कपडा र सिरानीजस्ता आवश्यक सामग्री लिन मात्र घर जाने र फेरि अस्थायी शिविरमै फर्किने बताउनुभयो । राहतमा ढिलाइ भएको भन्दै उहाँले सरकारसँग सहयोगका लागि आग्रह गर्नुभयो ।

फ्लोरेसका बासिन्दाका लागि सन् १९९२ को ७.७ म्याग्निच्युडको भूकम्पको त्रास अझै ताजा छ । त्यसबेला भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।

यसपटक इन्डोनेसियाली वायुसेनाले दुई हक्र्युलस विमान र एउटा बोइङमार्फत १३ टन आपत्कालीन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ । दुर्गम क्षेत्रमा रहेका बासिन्दासम्म सामग्री पुर्‍याउन हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

राहत सामग्रीमा खाद्यान्न, कपडा, खानेपानी र आपत्कालीन उपचारका सामग्री छन् । सेनाले प्रमुख वितरण केन्द्रमा राहत व्यवस्थापनका लागि कर्मचारीसमेत परिचालन गरेको छ ।

तर प्रभावित बासिन्दाले राहत अझै पर्याप्त रूपमा नपुगेको गुनासो गरेका छन् । तीन सन्तानकी आमा म्बेकी ३१ वर्षीया सिती सौदाह दासोले आफूहरूले लगाएको कपडाबाहेक केही पनि लिएर घरबाट निस्कन नपाएको बताउँदै सरकारी सहयोगको प्रतीक्षा गरिरहेको जानकारी दिनुभयो ।

उद्धार तथा खोजी अधिकारी फतुर रहमानका अनुसार उद्धार टोलीले स्थल र हवाई दुवै माध्यमबाट खोजी गरिरहेको छ । बेपत्ता भएको सूचना नआए पनि सम्भावित प्रभावित क्षेत्रमा खोजी जारी राखिएको उहाँले बताउनुभयो ।

भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटमा रहेको र भूकम्प तुलनात्मक रूपमा सतहमै गएको भूगर्भीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा अग्ला भवनको सङ्ख्या निकै कम रहेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार टापुमा कम्तीमा ९१४ घरमा गम्भीर क्षति पुगेको छ भने सयौँ घरमा सामान्य क्षति भएको छ । विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयसहित दर्जनौँ सार्वजनिक भवनसमेत प्रभावित भएका छन् ।

बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार आठ हजारभन्दा बढी बालबालिका सुरक्षा जोखिम र शिक्षामा अवरोधको अवस्थामा छन् ।

इन्डोनेसिया प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प जाने क्रम सामान्य छ । सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा विश्वभर करिब दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । इन्डोनेसियामा मात्रै करिब एक लाख ७० हजार मानिसले ज्यान गुमाएका थिए । उक्त घटनालाई आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एक मानिन्छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार