श्रावण १२, २०८३ मंगलबार July 28, 2026

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेह्रथुम, १४ वैशाख : यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।

गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गर्नुभयो । उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आउनुभएकी कवि एवं आख्यानकार सीमा आभाषले बताउनुभयो ।

गुराँस साहित्य गोष्ठीमा सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतसम्मका ख्यातिप्राप्त कविहरूले प्रकृति, संस्कृति, सामयिकता, प्रेम र मानवीय संवेदना समेटिएका कविता वाचन गरेर कविताका पारखीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कविता गोष्ठीको मुख्य आकर्षणका रूपमा रहनुभएका चलचित्र निर्देशक, आख्यानकार एवं कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरू हुन आवश्यक रहेको बताउनुभयो ।

भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रूप हो । कला–साहित्यले समाजका सुन्दर र कुरुप दुवै पक्षलाई कलात्मक प्रस्तुतिकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यही सत्यलाई आत्मसात् गरेर जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका लागि साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताउनुभयो ।

प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्शाउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रवर्द्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार