काठमाडौँ, १२, साउन : सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ ।
समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइको कार्यसूची राखिउको थियो । प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उहाँहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो । बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे प्रस्तावित आयुक्त वाग्लेले स्पष्ट पार्नुभएको थियो । प्रस्तावित डा सुब्बाको सुनुवाइ केही समयपछि सुरु हुनेछ ।
सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न कसरी गर्ने, विद्यमान निर्वाचन कानुनमा हुनुपर्ने संशोधन, विदेशमा रहेका मतदाताको मतदान विषयमा प्रश्नसहित प्रतिबद्धता माग गर्नुभएको थियो । सभापति बोधनारायण श्रेष्ठले नतिजामा आधारित कार्ययोजना पेस गर्न निर्देशन दिनुभयो ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया