बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास हुँदै

राष्ट्रपति पौडेलद्वारा ‘भानु साहित्य उद्यान’ को शिलान्यास हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, वैशाख ११ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ को निर्माण कार्य सुरु हुने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण कार्य अघि बढाइएको हो । यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको उक्त बहुप्रतीक्षित आयोजनाको आगामी वैशाख १४ गते सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भानु नगरपालिकाले जनाएको छ ।

भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा राष्ट्रपतिले शिलान्यास गर्नु हुनेछ ।  राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा अगाडि बढेको यो गुरुयोजनाले नेपाली भाषीहरूको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने विश्वास लिइएको भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले बताउनुभयो । लामो समयदेखिको योजनाले मूर्त रूप लिन लागेकोमा उत्साह छाएको उहाँ बताउनुहुन्छ ।

गोतामेका अनुसार यो उद्यान केवल एक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि सांस्कृतिक तीर्थस्थल हुनेछ । “अघिल्लो पटक केही प्राविधिक अवरोध देखिए पनि यसपटक हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ,“ उपप्रमुख गोतामेले भन्नुभयो, “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ।’’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले प्रशासनिक र प्राविधिक पक्षबारे जानकारी दिँदै सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको बताउनुभयो । उहाँले शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय राजनीतिक दल, नागरिक समाज र सुरक्षा निकायसँग आवश्यक समन्वय भइसकेको जानकारी दिनुभयो ।

गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ भने क्रमैसँग सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ ।

नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनु भएका आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको छ । रामायणलाई सरल र सुबोध्य नेपाली भाषामा लेखेर उहाँले घर–घरमा पु¥याउनुभएको थियो, जसले छरिएर रहेका नेपालीहरूलाई भाषिक सूत्रमा बाँध्ने काम ग¥यो । उहाँको यही साहित्यिक योगदान र राष्ट्रिय एकताको जगलाई जीवन्त राख्न निर्माण गर्न लागिएको यस उद्यानले भावी पुस्ताका लागि अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

वैशाख १४ गते सोमबार बिहान १० बजे आयोजना हुने शिलान्यास समारोहमा सहभागी हुन नगरपालिकाले सम्पूर्ण सरोकारवालाहरूमा आह्वान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपमा पुलिसलाई २–१ गोलले हराउँदै आर्मीको उपाधि यात्रा तय
२०८३ बैसाख १२, शनिबार
चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण सुरु, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास हुँदै
२०८३ बैसाख ११, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना
२०८३ बैसाख ११, शुक्रबार
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह
२०८३ बैसाख ११, शुक्रबार
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
२०८३ बैसाख ११, शुक्रबार
आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल भानुआटुसँग पराजित
२०८३ बैसाख ११, शुक्रबार
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
२०८३ बैसाख ११, शुक्रबार