भाद्र २१, २०८३ आइतबार September 6, 2026

अनुशासन उल्लङ्घन र पार्टी परित्यागबाहेक सबैलाई १५औँ महाधिवेशनमा सहभागी गराउने कांग्रेसको निर्णय

कांग्रेसमा सहमतिकाे प्रयास- सदस्यता अध्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, २१ भदौः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएकाबाहेक सबैलाई १५औँ महाधिवेशनका लागि भाग लिन पाउने गरी व्यवस्था मिलाइने निर्णय पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पश्चात जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले १४औँ महाधिवेशन पश्चात् सदस्यता नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरिएको बताउनुभयो ।

“भोटेकोशी बाढीका विषयमा बैठक बढी केन्द्रीत भएको थियो, खोज, राहत र उद्धारका विषयमा भएका कमजोरीका बारेमा सरकारलाई आवश्यक सुझाव सल्लाह दिने, आफ्नो तर्फबाट गर्न सकिने काम प्रभावित क्षेत्रमा गरिरहने, पार्टीको संरचना र भातृ तथा शुभेक्षुक सङ्गठनलाई थप परिचालन गर्ने, पीडितलाई सहयोग गर्ने, उद्धार तथा राहत र पुनःनिर्माणका थप योगदान गर्ने निर्णय भएको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

सोमबार बस्ने बैठकमा छलफल पश्चात् प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयवस्तुहरूका बारेमा सुझाव दिने र भोटेकोशी बाढी पहिरोका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएकाले यही भदौ २४ गते हुने वडा अधिवेशनको मितिमा पुनःविचार गर्न अनुरोध गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारीअनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकको सुरुमा यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँग भेटघाट र छलफल पश्चात् त्यहाँको यथार्थ वस्तुस्थितिका बारेमा सभापति गगनकुमार थापाले बैठकलाई जानकारी गराउनुभएको थियो ।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार आजको बैठकमा १७ जनाले आफ्नो धारणा राख्नुभएको थियो । छलफलको क्रम जारी रहेकाले अर्को बैठक सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्नेछ । आजको बैठकमा सह–महामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा, सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, प्रा डा गोविन्दराज पोखरेल, भरतकुमार शाह, सुधीरकुमार शिवाकोटी तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश) र ललितजङ्ग शाही (कर्णाली प्रदेश)ले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरूको यो योगदानको उच्च कदर हुनेछ
२०८३ भाद्र २१, आइतबार