भाद्र २०, २०८३ शनिबार September 5, 2026

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल

जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ ।

एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो ।

“विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले पार्टीका नेता तथा जनसङ्गठनहरु बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार