भाद्र २०, २०८३ शनिबार September 5, 2026

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, भदौ २० गते । युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ । युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाका अनुसार मार्चेन्कोले सन् २०२२ पछि अहिलेसम्म यस्तो अवस्था नदेखिएको बताउनुभयो । उहाँका अनुसार युक्रेन अहिले आवश्यक वित्तीय स्रोतको अभाव हुने जोखिमसँग निकै नजिक पुगेको छ ।

मार्चेन्कोका अनुसार सन् २०२७ मा युक्रेनलाई कुल ५० अर्ब अमेरिकी डलर बराबरको बाह्य वित्तीय सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ । तर, आवश्यक रकममध्ये ३२ अर्ब ६ करोड डलर बराबरको रकम जुटाउने स्रोत अझै सुनिश्चित हुन सकेको छैन ।

आवश्यक आर्थिक सहयोग प्राप्त गर्न नसकेमा युक्रेनले गैरसैनिक क्षेत्रमा हुने सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अर्थमन्त्री मार्चेन्कोले बताउनुभयो । लामो समयदेखि जारी युद्धका कारण देशको सरकारी खर्च र वित्तीय आवश्यकतामाथि ठूलो दबाब परेको अवस्थामा बाह्य सहयोगको अभावले आर्थिक समस्या थप गम्भीर बन्न सक्ने उहाँको भनाइ छ ।

यसैबीच, मार्चेन्कोले युक्रेनलाई आर्थिक सहयोग उपलब्ध गराउन रोक्का गरिएका रुसी सम्पत्तिको प्रयोगसम्बन्धी नयाँ योजना बनाउन युरोपेली सङ्घलाई आग्रह गर्नुभयो । उहाँका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका रुसी सम्पत्तिमध्ये केही रकम युक्रेनको सहयोगका लागि प्रयोग गर्न सकिने विषयमा विचार गर्न आवश्यक छ ।

युक्रेन सन् २०२२ देखि रुससँगको युद्धमा छ । युद्धका कारण देशको अर्थतन्त्र, सरकारी बजेट र सार्वजनिक वित्तमा निरन्तर दबाब परेको छ । आगामी वर्ष आवश्यक बाह्य वित्तीय सहयोग सुनिश्चित गर्न नसके युक्रेनको गैरसैनिक सरकारी खर्च व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार