भाद्र २१, २०८३ आइतबार September 6, 2026

भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव

राहत वितरणलाई व्यवस्थित गर्ने तथा अस्थायी आवासको व्यवस्था गर्दै प्रभावित परिवारको पुनर्स्थापना गर्ने विषयलाई प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत र पुनर्निर्माणका चुनौतीबारे गम्भीर छलफल गरेको हो ।

बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउने, राहत वितरणलाई व्यवस्थित गर्ने तथा अस्थायी आवासको व्यवस्था गर्दै प्रभावित परिवारको पुनर्स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, बाढीबाट क्षतिग्रस्त अत्यावश्यक सेवा तथा पूर्वाधार तत्काल पुनःसञ्चालन गर्ने, प्रभावित नागरिकका लागि व्यावसायिक राहत तथा सुरक्षित आवास योजना अघि बढाउने र जोखिममा रहेका क्षेत्रको वैज्ञानिक जोखिम मूल्याङ्कन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

पार्टीले विपद् व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विस्तार तथा द्रुत प्रतिकार्य टोली गठन गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को सामना गर्न राष्ट्रिय एकता र समन्वय आवश्यक रहेको भन्दै पार्टीले प्रभावित नागरिकको जीवन पुनर्स्थापित गर्न राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, सुरक्षित पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तत्काल प्राथमिकतामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

बैठकले पारित गरेका २४ बुँदे प्रस्तावमा तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माण, विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिसम्मका विषय समेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Shah’s message to security personnel, ‘Your dedication and contribution will be appreciated’
२०८३ भाद्र २१, आइतबार
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी–त्रिशूली बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि नेकपाको २४ बुँदे प्रस्ताव
२०८३ भाद्र २१, आइतबार
बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
२०८३ भाद्र २१, आइतबार
परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीेबीच भेटवार्ता
२०८३ भाद्र २१, आइतबार
चार सांसदको कारबाहीपछि जसपामा थप विवाद, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा असन्तुष्टि
२०८३ भाद्र २१, आइतबार
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै
२०८३ भाद्र २१, आइतबार