कार्तिक १६, २०८३ सोमबार November 2, 2026

रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेल सामाग्री प्रदान

शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रूपन्देही, १५ कात्तिकः रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयहरुलाई नियमित रुपमा पालिकाले आवश्यकताअनुसार सहयोग गरिरहेको राससलाई जानकारी दिँदै उहाँले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिनुभयो ।

पालिकाले विद्यालयका निम्ति खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै शिक्षण एवं सिकाइलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया