कार्तिक ११, २०८३ बुधबार October 28, 2026

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट

द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छन्।

त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उनले स्पष्ट पारे।

राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति संवेदना व्यक्त गरे। स्विट्जरल्याण्ड र नेपालबीच लामो समयदेखिको सम्बन्ध भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार