कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित

पोखरा एभेन्जर्स ६ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको विस्फोटक अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गर्दै टोलीलाई जित दिलाए।

सुरुवातमै ओपनर विनोद भण्डारीलाई ४ रनमा गुमाएको सुदूरपश्चिमका लागि सैफ अली जैबले १४ र ब्रान्डन म्याकमुलेनले २२ रन बनाए। उनीहरूले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीले सुरुवाती विकेट गुमाएको थियो।

त्यसपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए। चौथो विकेटका लागि उनीहरूले ७४ रनको साझेदारी गरे। इशानले ३१ बलमा ३७ रन बनाए। शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे।

पोखराका लागि धनञ्जय लक्षना, मेहदी हसन र शकिब अल हसनले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तीमगरले अविजित ४० रन बनाए। उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे। अन्तिम ओभरमा १५ रन जोड्दै उनले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए।

मेहदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिए। शकिब अल हसनले १४ रन बनाए। सदीरा समरविक्रमा ८, धनञ्जय लक्षना ११, दिनेश खरेल ४ र किरण ठगुन्ना १ रनमा आउट भए। विपिन खत्री ५ रनमा अविजित रहे।

सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। उनले मेहदी हसन, शकिब अल हसन र सदीरा समरविक्रमालाई आउट गरे। हेमन्त धामी, स्कट कुग्लेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।

यस जितसँगै सुदूरपश्चिमले पहिलो खेलको हार बिर्साउँदै प्रतियोगितामा आफ्नो खाता खोलेको छ। एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन् भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार