कार्तिक ८, २०८३ आइतबार October 25, 2026

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डडेल्धुरा, ८ कात्तिकः अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आउनुभएको छ । उहाँले यो कामबाट मासिक रु २५ हजार बचाउनु हुन्छ । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उहाँले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आउनुभएको हो । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उहाँ बताउनुहुन्छ ।

घरको जेठो छोरा रहनुभएका दीपकका भाइ पनि पढ्दै हुनुहुन्छ । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उहाँले सुनाउनुभयो । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उहाँको लक्ष्य छ ।

दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आउनुभएको छ । विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थाल्नुभएको थियो । हाल यसैलाई मुख्य पेसा बनाउनुभएको छ ।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक रु २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उहाँले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताउनुभयो । आठ जनाको समूहमा काम गर्दै आउनुभएका उहाँले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गर्नुभएको छ । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उहाँको भनाइ छ ।

यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न हुनुहुन्छ । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किनुभएका उहाँले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गर्नुभएको हो । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी हुनुहुन्छ । उहाँले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिनुभएको छ ।

यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पु¥याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार
Couple found dead in Dhanusha
२०८३ कार्तिक ८, आइतबार
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
२०८३ कार्तिक ८, आइतबार
सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले सस्तियो
२०८३ कार्तिक ८, आइतबार
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या र छोरामाथि आक्रमण, पछि श्रीमान् मृत फेला
२०८३ कार्तिक ८, आइतबार