असोज २८, २०८३ बुधबार October 14, 2026

बाढी प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक

विपद्पछि शैक्षिक वातावरणलाई सामान्य अवस्थामा फर्काउन एशिया नेपालको सहयोग महत्त्वपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रसुवा । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको छ ।

बाढीका कारण नीलकण्ठ माध्यमिक विद्यालय, डाँडागाउँ माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालयलगायत अन्य विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीका पाठ्यपुस्तक बगाएको र शैक्षिक गतिविधि प्रभावित भएको थियो । त्यसपछि उत्तरगया गाउँपालिकाको अनुरोधअनुसार एसिया नेपालले आवश्यक पाठ्यपुस्तक खरिद गरी सहयोग गरेको हो ।

उत्तरगया गाउँपालिकासँगको समन्वयमा प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको एसिया नेपालका प्रतिनिधि प्रवेश खनालले जानकारी दिए। उनका अनुसार विपद्पछि विद्यार्थीको शिक्षामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले गाउँपालिकाको आवश्यकताअनुसार तत्काल पाठ्यपुस्तक उपलब्ध गराइएको हो ।

यस सहयोगबाट नीलकण्ठ माध्यमिक विद्यालय, डाँडागाउँ माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालय तथा अन्य विद्यालयका विभिन्न कक्षामा अध्ययनरत बाढी प्रभावित विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

उत्तरगया गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले समयमै पाठ्यपुस्तक उपलब्ध गराइएकाले विद्यार्थीको नियमित पठनपाठनलाई निरन्तरता दिन ठूलो सहयोग पुगेको बताए। उनले विपद्पछि शैक्षिक वातावरणलाई सामान्य अवस्थामा फर्काउन एशिया नेपालको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे।

एसिया नेपालले बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनःर्निर्माणमा स्थानीय सरकारसँग सहकार्य गर्दै शिक्षा, आवास, जीविकोपार्जन तथा अन्य अत्यावश्यक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले विपद्पछिको पुनःस्थापनामा समुदायको आवश्यकताअनुसार सहयोगलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार